Skip to content
नेपालमा मंसिर महिनामा ७०७ यूनिट विद्युतीय कार आएको छ ।
चाडपर्व सकिएपनि ठूलो संख्यामा ईभी आयात भएको हो ।
मंसिरमा सबैभन्दा धेरै कार बीवाइडीले नेपाल ल्याएको छ ।
कम्पनीले एटो-३ र डल्फीन गरेर ४२१ यूनिट आयात गरेको हो ।
यस अवधिमा बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो-थ्री २०० यूनिट र डल्फीन २२१ यूनिट आयात गरेको छ ।
मंसिरको आयातमा एमजी दोस्रो स्थानमा रहेको छ ।
पारामाउन्ट मोटर्सले मंसिर महिनामा जेडएस ईभी ७० यूनिट, कोमेट ईभी ३० यूनिट र एमजी फोर ६ यूनिट नेपाल ल्याएको छ ।
एक महिनामा एमजीले १०६ यूनिट ईभी ल्याएको हो ।
बीवाइडी र एमजीपछि धेरै ईभी आयात गर्ने कम्पनी टाटा हो ।
टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले मंसिरमा टियागो ईभी ८१ यूनिट, नेक्सन १२ यूनिट र टिगोर ११ यूनिटगरी कुल १०४ यूनिट आयात गरेको देखिन्छ ।
मंसिरमा सेरेस ईभी ४० यूनिट, किया ईभी सिक्स २३ यूनिट र ग्रेटवालको ओरा १० यूनिट आयात भएको देखिन्छ ।
Post Views: 290