राजधानीको सार्वजनिक सवारीसाधनमा सास्ती कहिलेसम्म ?

आजभोली काठमाण्डौं उपत्यका भित्र सँचालन हुने सार्वजनिक सवारीसाधनको यात्रा अत्यन्तै कष्टदायी हुँदै गएको छ ।

चक्रपथ घुम्ने बसहरुमा बाहेक अन्य ठाउँमा जानको लागि आवश्यक सँख्यामा बस तथा मिनिबस नहुँदा यात्रुहरु ठेलमठेल गरेर यात्रा गरिरहेको पाइन्छ ।

चक्रपथबाट ३-४ किलोमिटर मात्र बाहिरको स्थानमा जानु पर्यो भने पनि सजिलै सवारीसाधन पाउन मुश्किल हुन्छ ।

पाएपनि सिटमा बसेर यात्रा गरुँला भन्न गाह्रो छ । जसको कारणले वृद्धवृद्धा, विरामी तथा अपाङ्ग यात्रुलाई एकदमै सास्ती छ ।

सार्वजनिक वस सँचालन गर्ने समिती वा कम्पनीको कारणले यस्तो समस्या आएको बताइन्छ ।

बसको सँख्या कम राखेर रुटमा चलाउने, नयाँ बस सँचालन गर्न नदिने जस्ता सिण्डिकेट प्रणाली अपनाउँदा समग्र यात्रुलाई समस्या भोग्नु परेको छ ।

विहान कार्यालयको समयमा र बेलुकी फर्किने समयमा सार्वजनिक सवारीसाधनमा यात्रुहरुको अवस्था झनै दयनीय हुन्छ ।

सिटमा बसेर यात्रा गर्ने त कुरै छाड्नुस् उभिएर यात्रा गर्न पनि नमिल्ने गरी ठेलमठेल भएको हुन्छ ।

सार्वजनिक सवारीसाधनको रुपमा बसहरु नै बढी छन् । ती बसहरुमा सरसफाई पनि नगर्नाले यात्रुहरु धुलो र मैलो भएका देखिन्छन् ।

 

व्यवस्थित बसपार्क वा विसौनी पनि प्रायः ठाउँमा हुँदैन । काठमाण्डौंको मुटु मै रहेको नेपाल वायुसेवा निगम अगाडि बाटो मै बसपार्क छ भन्दा फरक नपर्ला ।

अन्य ठाउँको त के कुरा गर्नु र ?

बस वाहेक टेम्पु तथा साना माइक्रो वसमा त झन यात्रुहरुलाई टाउको भित्र छिराएर निहुरिन लगाउँछन् ।

चोकमा ट्राफिकले देख्छ कि भनेर त्यसो गरेको बताउँछन् सवारी सँचालक । तर यात्रुलाई पर्ने असरलाई भने वेवास्ता गर्छन् ।

ट्राफिक प्रहरीले यथेष्ट रुपमा अनुगमन र कार्वाहि नगर्नाले पनि यस्तो लापरवाही बढेको हो ।

यातायात व्यवस्था विभागले पनि सार्वजनिक सवारीसाधन सँचालनमा देखिएको वेथितिलाई वेवास्था गरेको कारणले यस्तो स्थिति देखिएको हो ।

Shankar Sharma@AutoNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *