नेपालमा एम्पीयरका विद्युतीय स्कुटरहरू

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएको छ ।

केडिया इन्टरनेशनलले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेको छ ।

 

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस इएक्सका लागि बुकिङ खुल्ला गरेको हो ।

हाल एम्पीयरका विद्युतीय स्कुटरहरू टेकु शोरुममा सहज रूपमा उपलब्ध रहेका छन् ।

ग्राहकहरूले टेस्ट ड्राइभिङका लागि एम्पीयरको सोसिएल मिडिया प्लाटफर्म माफर्त स्कुटर बुक गर्न सक्छन, बुक गरेपछि टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि स्कुटर घरमै लिएर आउनेसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु अनुरोध गरेको छ ।

कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *