पोखराको अटो शोमा विद्युतीय गाडीहरु

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्युतीय गाडीहरु विशेष आकर्षण बन्ने भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ बिहीबारबाट मेला हुनेछ ।

मेला अन्तर्गत अटो पेभेलियनको व्यवस्थापन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले गर्नेछ ।

अटो पेभेलियनमा रहने स्टलहरु मध्ये इभी गाडीहरुको बाहुल्यता रहने वाडाका उपाध्यक्ष एवं अटो सो संयोजक दीपेन्द्र कोइरालाले जानकारी दिए ।

मेलामा हुने अटो शोमा विद्युतीय गाडी सेरेस, बिवाईडी, एमजी, टाटा नेक्सन, नेटा भी बिक्री तथा प्रदर्शनीमा राखिने भएका छन् ।

त्यस्तै अटो शोमा हुन्डाई, जिडब्लुएमको हवेल, म्यानो टु ब्याकहो लोडर, टोयटा, महिन्द्रा, सुजुकी, इसुजु गाडीको पनि उपस्थिति हुनेछ ।

दुई पाँग्रेतर्फ सेगवे इभी, जाभा, भिजी सुजुकी, रोयल इन्फिल्ड बिक्री तथा प्रदर्शनीमा रहनेछन् ।

अटो मेलामा कफी हाउसको विशेष स्टल र मानव सेवा आश्रमको स्टल पनि रहने वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *