बैगलुरु । भारतीय बहुराष्ट्रिय कम्पनी टाटा ग्रुपले सुपर एप भेञ्चरमा थप १ अर्ब डलर लगानी गर्नेबारे विचार गरिरहेको छ ।
कम्पनीले डिजिटल व्यवसायलाई सुधार्न ल्याएको टाटा निउ नामक सुपर एपमा लगानी बढाउन लागेको यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै ब्लुमबर्गले समाचार छापेको छ ।
सो एपमा कम्पनीले सन् २०२४ मा १ अर्ब डलरको पुँजीगत लगानी गर्न सक्ने बताइएको छ ।
कम्पनीले सन् २०२२ मा यो एप लञ्च गरेको थियो । यसमार्फत लत्ताकपडा खरिददेखि हवाई टिकटसम्म कयौँ वस्तुहरु किन्न सकिन्छ ।
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन र खुद्रा कम्पनी वालमार्टको फ्ल्पिकार्टसँग प्रतिस्पर्धा गर्न कम्पनीले यो एप ल्याएको हो ।
कम्पनीले आफ्नो अनलाइन प्लेटफर्मलाई बलियो बनाउन, प्राविधिक समस्याहरु समाधान गर्न अनि नयाँ खर्च जुटाउन यो वर्षको सुरुमै पनि यो एपमा २ अर्ब डलर लगानी गरेको थियो ।
सुपर एप भनेको कयौँ सेवाहरु एउटै प्लेटफर्मबाट प्रवाह गर्न सकिने एप हो ।