काठमाडौँ । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान् चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा दसैँ तिहार उमङ्ग स् उपहारले सबै दङ्गु योजना ल्याएको छ ।
यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिब मेसिन (७ केजी अटो) स्कुटर र रियलमी जीटी२ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो दसैँ तिहार उमङ्ग स् उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ ।
रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाउनु भएको माया र साथप्रति हामी सदैव आभारी छौँ ।
यहाँहरू सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले दैनिक रुपमा २।२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जिबि १२८ जिबि) न जित्न सक्ने छन्।
यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.com मा गएर आफूले खरिद गरेको नयाँ स्मार्ट फोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।