विश्वप्रसिद्ध एफ वान रेसिङ्गको विजेता दृष्टि

विश्वप्रसिद्ध एफ वान रेसिङ्गको विद्यालयस्तरीय प्रतियोगिताको ‘नेपाल संस्करण नेपालका विद्यालयहरूमा एफ वान, २०२३’ असोज २८ गते  सम्पन्न भएको नासा नेपालले जनाएको छ ।

मोडल कार डिजाइन, रेसिङ्ग, टिम वर्क र प्रेजेन्टेसनमा आधारित यस प्रतियोगिताको नेश्नल फाइनलमा अन्य पाँच टिमलाई पछि पार्दै दृष्टि टिम विजेता भएको हो ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजना र काठमाडौँ इन्जिनियरिङ्ग कलेजको समन्वयमा  भएको यस प्रतियोगितामा काठमाडौँ इन्जिनियरिङ्ग कलेज, थापाथली क्याम्पस, एडभान्स कलेज, नागर्जुन कलेज लगायतका कलेजहरूबाट विद्यार्थीहरुका छ टिम नेश्नल फाइनलमा पुगेका थिए ।

जसमा दृष्टि,  बोल्ट्ज, फोटन, इन्फर्नो, फल्यास् र ड्रागन ड्रिटरका कुल ३३ जना इन्जिनियरिङ्गका विद्यार्थीहरुले संसारमै नौलो मानिएको यस किसिमको खेलमा आफूलाई अब्बल साबित गर्ने मौका पाएका थिए ।

विजेता टिम द्रिष्टिमा काठमाडौँ इन्जिनियरिङ्ग कलेजका आस्था श्रेष्ठ (टिम लिडर) र कुशन श्रेष्ठ, थापाथली क्याम्पसका बिपना भुजेल, रोहन श्रेष्ठ र संजोग सिलवाल र यूनाइटेड एकेडेमिकी नलिसा शाक्य रहेका थिए ।

त्यसै गरि उप–विजेता टिम द बोल्ट्जमा काठमाडौँ इन्जिनियरिङ्ग कलेजका याङचेन लामा, भूमि कायस्थ, रिजुल मास्के, प्रसङ्ग बराल र आयुष पन्त रहेका थिए ।

सातदोबाटो अन्तराष्ट्रिय खेलकुद परिसरमा भएको यस नेश्नल फाइनलमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव टङ्कलाल घिसिङको उपस्थिति रही डेमो खेलमा समेत भाग लिनु भएको थियो ।

प्रतियोगिताका विजेता टिम दृष्टिले नगद तीस हजारका साथै सिल्ड र सर्टिफिकेट प्राप्त गरे भने उप–विजेता टिम द बोल्ट्जले नगद रु बिस हजारका साथै सिल्ड र सर्टिफिकेट प्राप्त गरेको थियो ।

प्रतियोगिताका विजेताहरूलाई काठमाडौँ इन्जिनियरिङ्ग कलेजका अध्यक्ष हिद्रेन्द मान प्रधान, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारिहरुले पुरस्कृत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *