कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् ।

उनी जीप चालक हुन् ।

बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा परेको थियो ।

ग १ ज ५७९५ नम्बरको जीप आज बिहान ३ बजे दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ३० मिटर तल खसेको र जीपमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *