‘अफलाइन’ ड्राइभ गरेको आरोपमा पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ

काठमाडौँ । पठाओ र इनड्राइभका ८३ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ ।

‘अफलाइन ड्राइभ’ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि प्रहरीले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।

पछिल्लो समय आपराधिक घटनाहरुमा त्यस्ता सवारी संलग्न देखिएको एसपी ढुंगेलले जानकारी दिए ।

अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *