बिवाइडीको आधिकारिक वितरण साइमेक्स इंक प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधनमा आकर्षण बढेको र बिवाइडी लोकप्रिय ब्राण्ड बन्न सफल भएको बताइन् ।
‘हामी ग्राहकको सेवामा सधैं समर्पित छौं,’ उनले भनिन् ।
नेपालमा बिवाइडीको अट्टो ३, डल्फिन, इ ६ बिक्रीका लागि उपलब्ध छन् ।
पुराना जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेन्ज गरी नयाँ बिवाइडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
अत्याधुनिक सुविधा र चार्जिङ स्टेशन बिवाइडीले प्राथमिकतामा राखिरहेको कम्पनीले जनाएको छ ।