इजरायलबाट उद्धार गरेका विद्यार्थीका लागि तीन वटा बसको व्यवस्था

काठमाडौँ । इजरायलबाट उद्धार गरिएका २५४ नेपालीलाई उपत्यकाभित्रको गन्तव्यमा पुर्‍याउनका लागि सरकारले बसको व्यवस्था गरेको छ ।

विद्यार्थीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरमा उनीहरु तत्काल बस्ने ठाउँसम्म लैजान रातको समय भएकाले बसको व्यवस्था गरिएको हो ।

नेपाल प्रहरीका तीन वटा बसमा उनीहरुलाई सेवा दिइएको बताइएको छ ।

सरकारले शुक्रबार बिहान चार्टर विमानबाट इजरायलको द्वन्द्वपछि फसेका नेपालीलाई स्वदेश ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *