भारतमा रेलको २३ वटा डिब्बा लिकबाट उत्रियो

बिहार । भारतको नयाँ दिल्लीको आनन्द बिहारबाट कामाख्या गइरहेको रेल दिल्ली–कामाख्या नर्थ इस्ट एक्सप्रेस बुधबार राति दुर्घटनामा परेको छ ।

घटनामा चार जनाको मृत्यु हुनको साथै ७१ जना घाइते भएका छन् ।

बुधबार राति करिब ९ बजेर ५३ मिनेट जाँदा बिहारको बक्सर–आराको बिचमा रहेको रघुनाथपुर स्टेसनमा घटना भएको बीबीसीले उल्लेख गरेको छ ।

जसमा रेलका २३ वटा डिब्बा लिकबाट उत्रिएको बताइएको छ ।

सुरक्षित रहेका यात्रुहरूलाई ३ बजे बिहान विशेष रेलबाट कामाख्या पठाइएको थियो ।

बक्सरका जिल्लाधिकारी अंशुल अग्रवालले घटनास्थलबाट चार जनाको शव बरामद भएको र ७१ जना घाइतेहरूलाई आरा, बक्सर र पटना पठाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *