विद्युतीय सवारीको ब्याट्री थप सस्तो र स्वच्छ बन्दैछ

अझै पनि संसारभरका अटोमोटिभ उद्योगका प्रतिनिधि र कयौँ नीतिनिर्माताहरू ब्याट्रीमा आधारित पूर्णविद्युतीय सवारीका बारेमा शंका मानिरहेका छन्।

यसरी शंका मान्ने र अतिरिक्त प्रश्न गर्नेहरूले किन ईभी ब्याट्री सस्तिँदै गरेको र थप स्वच्छ हुँदै गरेको भन्ने बारेमा राम्ररी चासो दिएका छैनन्।

त्यसरी शंका मान्नेहरूले भन्ने गरेका छन् कि ब्याट्रीको लागत निकै महँगो छ र भविष्यमा यो अझै महँगो हुनेछ।

यतिमात्र होइन उनीहरूको राय केसम्म हुने गरेको छ भने ब्याट्री उत्पादन निकै प्रदूषित रहेको र भविष्यमा अझै प्रदूषित हुनेछ।

त्यस्तै उनीहरूले विद्युतीय सवारीको ब्याट्री निकै गरुङ्‍गो रहेको र आगामी दिनमा थप गरुङ्‍गो हुने भन्दै आएका छन्।

योभन्दा पनि अझै अघि बढेर उनीहरूले भन्ने गरेका छन् कि अहिले नै ब्याट्रीमा आधारित विद्युतीय कारको उपलब्धता कम छ भने भविष्यमा त यो पाउनै सकिँदैन।

तर यसरी गरिने तर्क र विभिन्न माध्यमबाट आउने गरेका सामाग्रीहरू धेरै हदसम्म भ्रमपूर्ण हुन्।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस)ले अध्ययन गरेर सार्वजनिक गरेको डेटाअनुसार उल्लेखित कुराहरू भ्रम हुन्।

सवारी उत्पादक कम्पनीहरूले गरेको लगानी, भइरहेको खोज र तीव्रता पाएको अनुसन्धानले के भन्छ भने ब्याट्रीको लागत उल्लेख्य रुपमा घट्दै छ, पहिलेको भन्दा स्वच्छ, हलुका र पर्याप्त उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *