“सुनिश्चित कार्य स्थल सामाजिक सुरक्षा समग्र अटो नाटु हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथमा अटो मेकानिक ट्रेड युनियन, ललितपुर र नेपाल ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक जनचेतना सहितको कार्यक्रम सम्पन गरेको छ ।
विराट दुवाडिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय कमिटीको अध्यक्ष प्रदिप घिमिरे प्रमुख अतिथी र ललितपुर ट्राफिक इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक सालिग्राम तिमल्सिना विषेश अतिथि रहेका थिए ।
नाटु ललितपुरका उत्तम नकर्मीले आगन्तुक सबैंलाई स्वागत गर्दै शुरु भएको कार्यक्रममा अतिथी अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठले ट्राफिक जनचेतनाले आगामी दिनहरुमा दुर्घट्ना न्युनीकरण हुनुको साथैं मुल्य सुची प्रायोजक मोटूल लुब्रिकेन्ट्स कम्पनीलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
यस कार्यक्रमा ललितपुरका सातै कमिटी र बाग्मती प्रदेश कमिटीबाट पदाधिकारी तथा मेकानिक्स साथीहरु को राम्रो उपस्थिति रहेको थियोे भने कार्यक्रमलाई ललितपुर जिल्ला समन्वय कमिटीको सचिव हरिबहादुर कार्कीले सन्चालन गर्नु भएको थियो ।