टाटा सफारी फेसलिफ्ट रियर प्रोफाइलको टिजर सार्वजनिक

केही दिन अघि, टाटा मोटर्सले आफ्नो आगामी एसयुभी सफारी फेसलिफ्टको पहिलो टिजर जारी गर्‍यो, जहाँ यसले थ्री-रो मोडेलको अगाडिको लुक प्रकट गर्‍यो।

अब, अटोमेकरले यसको इन्टेरियरको साथसाथै रियर लुकको टिजर सार्वजनिक गरेको छ।

फेसलिफ्ट गरिएको सफारीले दुईवटा एलईडी टेलल्याम्पलाई जोड्ने एलईडी बार पाउनेछ।

यसको साथमा, यसले डायनामिक टर्न इन्डिकेटरहरू पनि प्राप्त गर्ने अपेक्षा गरिएको छ जुन प्रोटोटाइप मोडेलमा देखिएको थियो।

नयाँ टाटा नेक्सन ईभी जस्तै सफारी फेसलिफ्टले पनि वेल्क्म र गुडबाय फंशन लाइट पाउने सम्भावना छ।

टाटा मोटर्सले कारको भित्री भागलाई पूर्ण रूपमा परिमार्जन गरेको छ।

अपडेटेड एसयूभीमा मोबाइल कनेक्टिभिटी सहितको ठूलो फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन, नयाँ पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टु-स्पोक इलुमिनेट स्टेयरिङ ह्वील र प्यानोरामिक सनरुफ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *