काठमाडौं नेपालका लागि जेएसडब्लु एमजी मोटरको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी एमजी म्याजेस्टर लन्च गरेको छ ।
एमजी म्याजेस्टर भारतको पहिलो डी प्लस एसयूभी हो, जुन परम्परागत फुल साइज एसयूभी भन्दा माथिल्लो सेगमेन्टमा पर्छ । भारतबाहिर यसलाई प्राप्त गर्ने विश्वका प्रारम्भिक बजारमध्ये नेपाल पनि एक हो।
यसले नेपाल एमजीका लागि प्राथमिकतापूर्ण बजार रहेको र जीओ अटोमोबाइल्स नेपाली ग्राहकलाई एमजीको पूर्ण ग्लोबल लाइनअप उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट गर्छ। एमजी म्याजेस्टर अरुसँग प्रतिस्पर्धा गर्न नभई यसले आफ्नै श्रेणी निर्माण गरिरहेको कम्पनीको भनाइ छ । यसले कम्प्याक्ट एसयूभी वा सामान्य ७ सिटर एसयूभीसँग प्रतिस्पर्धा गर्दैन। नेपाली सडकमा यसले आफैंमा एउटा प्रभावशाली उपस्थितिको प्रतिनिधित्व गर्छ।
एमजी म्याजेस्टर चल्नुअघि नै आफ्नो प्रभाव छोड्छ। ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ भएको यसको प्रभावशाली आकारले सडकमा असाधारण उपस्थितिको अनुभूति गराउँछ।
एमजी म्याजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। यसलाई स्मुद ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ।
यस संयोजनले राजमार्गमा सहज ड्राइभिङका साथै उत्कृष्ट पुलिङ पावर प्रदान गर्छ, जुन नेपालको पहाडी भूभागका लागि विशेष रूपमा उपयोगी छ। यो रियर ह्विल र फोरह्विल ड्राइभ दुवै कन्फिगरेसनमा उपलब्ध छ । यसले नेपालमा उपलब्ध प्रतिस्पर्धी फोरह्विल ड्राइभ एसयूभीहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्नुका साथै थप प्रविधि, थप स्पेस र थप मूल्य प्रदान गर्छ।