इसेवा र आइएमएसले आइएमएसका ग्राहकहरूका लागि उद्यम भुक्तानी समाधान सेवा सुरु गरेका छन्। यस सेवामार्फत व्यवसायहरूले आफ्नै प्रणालीबाट आपूर्तिकर्ता, व्यावसायिक साझेदार तथा अन्य लाभग्राहीहरूलाई सिधै भुक्तानी गर्न अझ सहज हुने भएको छ।
यो सहकार्यले आइएमएसका उद्यमस्तरीय क्षमताहरूलाई इसेवाको डिजिटल भुक्तानी पूर्वाधारसँग एकीकृत गर्दै व्यवसायहरूलाई छरितो, सहज तथा सुरक्षित भुक्तानी व्यवस्थापनको सुविधा उपलब्ध गराउँछ। यस समाधानले चेकमा आधारित कारोबारप्रतिको निर्भरता घटाउनुका साथै हातैले गरिने भुक्तानी प्रक्रियामा लाग्ने समय, श्रम तथा झन्झटलाई कम गरी सम्पूर्ण भुक्तानी प्रणालीलाई सरल बनाउने अपेक्षा गरिएको छ।
उद्यम भुक्तानी समाधानमार्फत व्यवसायहरूले आफ्नो भुक्तानी तथा रकम वितरण प्रक्रियालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्नेछन्। साथै वित्तीय कार्यप्रवाहमाथि राम्रो निगरानी, पारदर्शिता तथा नियन्त्रण कायम गर्न पनि सहयोग पुग्नेछ। विद्यमान प्रणालीभित्रैबाट प्रत्यक्ष भुक्तानी गर्न सकिने भएकाले संस्थाहरूले समयको बचत गर्न, सञ्चालनसम्बन्धी जटिलता घटाउन तथा आफ्नो मुख्य व्यावसायिक गतिविधिमा बढी ध्यान केन्द्रित गर्न सक्नेछन्।
यो पहलले व्यवसायिक भुक्तानी प्रक्रियालाई आधुनिक बनाउने तथा संस्थाहरूलाई डिजिटल रूपान्तरणको यात्रामा साथ दिने इसेवा र आइएमएसको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। प्रविधि तथा भुक्तानी सेवाहरूलाई एउटै कार्यप्रवाहभित्र समेटेर दुवै संस्थाले व्यवसायहरूलाई अझ सहज, प्रभावकारी तथा भरपर्दो ढंगले भुक्तानी व्यवस्थापन गर्न सहयोग पुर्याइरहेका छन्।
इसेवा र आइएमएसले व्यवसायिक प्रक्रियालाई थप सरल, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यसहित उद्यमहरूका लागि सहज र उत्कृष्ट भुक्तानी अनुभव प्रदान गर्ने नवीन तथा विश्वासिलो समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन्।