बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी तथा एसपीजी अटोमोबाइल्सको आधिकारिक विक्रेता एलिट मोटर्स प्रा.लि. वाडा अटो शो २०२६ मा सहभागिता जनाइरहेको छ।
प्रदर्शनी चैत १५, २०८२ सम्म पोखराको ताल बाराही चोक मैदानमा सञ्चालन भईरहेको छ।
एलिट मोटर्सले स्टल नम्बर ए६ र ए८ मा ओमोडा ई५, जेइको जे५, हालै सार्वजनिक जेइको जे६टी, निसान म्याग्नाइट र आइकौर भी२३ लगायतका गाडी प्रदर्शन गरिरहेको छ।
अवलोकनकर्ताले यी गाडीहरू नजिकबाट हेर्न र विशेष अफरको लाभ उठाइरहेका छन्।
प्रदर्शनी अवधिभर तत्काल बुकिङ गर्ने ग्राहकका लागि छुट र सुविधा उपलब्ध छन्।
साथै आगन्तुकले अटोमोबाइल क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी गाडीमा प्रयोग भएका नवीनतम प्रविधि र विशेषताबारे जानकारी लिन सक्छन्।
एलिट मोटर्सले सम्पूर्ण सवारीप्रेमी, सम्भावित ग्राहक र सर्वसाधारणलाई निसान, ओमोडा, जेको र आइकौरका गाडी अनुभव गर्न र उपलब्ध विशेष अफरको फाइदा लिन निमन्त्रणा गरिरहेको छ।
पोखरामा आधारित एलिट मोटर्स प्रा.लि. गुणस्तरीय सवारी तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ।
एसपीजी अटोमोबाइल्स प्रा.लि. नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी ल्याउँदै आधुनिक यातायात समाधान उपलब्ध गराइरहेको छ।
Post Views: 37