काठमाडौं। चिनियाँ गाडी कम्पनी बीवाइडी (Build Your Dreams) का आधिकारिक विक्रेता साइमेक्स इंकले चीनमा १० वटा अवार्ड जितेको छ।
यो अवार्ड चीनको सेन्जेनमा आयोजित बीवाइडी एसिया–प्यासिफिक २०२६ डिलर कन्फ्रेन्समा पाए जसमा ३ प्रतिष्ठित अवार्डसहित बेस्ट सेल्स, बेस्ट शोरुम र आफ्टर सेल्य्स सर्भिससमेतका ७ अवार्ड पनि प्राप्त भएको हो।
साइमेक्सले ब्यान्ड पिनाकल, इलाइट पार्टनर र सीएसआर उत्कृष्ट योगदान अवार्डहरू पनि पाएको छ।
सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरिएको थियो। साइमेक्सले नेपालमा विद्युतीय सवारी प्रवर्धन र बजार विस्तारमा देखाएको योगदान का कारण यी अवार्ड पाएको कम्पनीले जनाएको छ।
साइमेक्स इंकका टिमहरू अहिले बीवाइडीका हेड क्वाटर सेन्जेनमा रहेका छन्।
Post Views: 19