नाइमाको ट्याक्सी मापदण्ड सुझाव

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले हाल लागू ट्याक्सीका लागि राष्ट्रिय मापदण्ड २०८१ सम्बन्धमा सरकारलाई सुझाव दिएको छ ।

नाइमाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको प्रस्तावमा, ट्याक्सी सेवा सञ्चालनका लागि तोकिएको प्राविधिक, सुरक्षा र सेवा सम्बन्धि मापदण्ड पूरा गर्ने सवारीलाई मात्र ट्याक्सी सेवा अनुमति दिन सुझाव दिएको हो ।

हाल बागमती प्रदेशमा सिडान प्रकारका गाडीहरुलाई मात्रै ट्याक्सी सेवा अनुमति दिइँदै आएको छ ।

तर नाइमाका अनुसार, अन्य प्रकारका सवारीहरु पनि यी मापदण्ड पूरा गरेमा सेवा खोल्न अनुमति मिल्नुपर्छ । यसले यात्रुहरुलाई थप विकल्प र सुविधा उपलब्ध गराउनेछ ।

नाइमाले विश्वका अनेक देशहरुमा विभिन्न आकारका सवारीलाई ट्याक्सी सेवा अनुमति दिएको उदाहरण प्रस्तुत गर्दै, नेपालमा पनि सेवा गुणस्तर र पहुँच बढाउन यस्तो लचकता आवश्यक रहेको बताएको छ ।

नाइमाले सुझाव सेवा गुणस्तर सुधार, यात्रीमैत्री सेवा प्रवर्द्धननियमित, सुरक्षित ट्याक्सी अनुभवका लागि प्रदान गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *