बेनी–पुलाचौर सडक पक्की

बेनी नगरपालिका-५ पुलाचौरमा सडक पक्की बनाउन निर्माण कार्य सुरु भएको छ।

यो योजना बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुँदैछ।

विसं २०६४ मा खोलिएको सडकलाई ढलान र कालोपत्र गरी स्तरोन्नति गरिने भएको छ।

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा १ करोड ७७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

ठेक्का रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले १ करोड २२ लाख रुपैयाँमा पाएको छ।

निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल बनाउने र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको छ।

यो सडक स्थानीयवासी, भक्तजन र पर्यटकका लागि सुविधा हुनेछ।

योजना अनुसार ५९७ मिटर ढलान, ३०० मिटर कालोपत्र, ५०२ मिटर नाली र १७४.७४ घनमिटर पर्खाल निर्माण हुनेछ।

यसले बेनी नगरपालिका-६, ५ र मंगला गाउँपालिकाका बस्तीलाई बेनी सहरसँग जोड्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *