दिक्तेल–रेग्मीटार सडक निर्माण

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको दिक्तेल–रेग्मीटार सडकको निर्माण सुरु भएको छ।

कोशी प्रदेश सरकारले रूपाकोट मझुवागढी नगरपालिका र हलेसी–तुवाचुङ नगरपालिका सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउने काम थालिएको छ।

सडक निर्माणको लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

ठेक्का प्रक्रियाबाट १ करोड ७ लाख ७७ हजार रुपैयाँमा निर्माण कम्पनीले काम सुरु गरेको भौतिक पूर्वाधार कार्यालयका अधिकृतले जानकारी दिए।

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक दिक्तेल बजारबाट तराई जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको छ।

निर्माण सम्पन्न भएपछि पूर्वी तराईका जिल्लासम्म यात्रु र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।

सडकसँगै दिखुवाखोलामा मोटरेबल ट्रस पुलको निर्माण पनि भइरहेको छ।

पुल निर्माणका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन भएकोमा २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ।

पुल नहुँदा वर्षात्को समयमा करिब ६ महिना यातायात ठप्प हुने समस्या रहेको थियो।

सडक ५९ किलोमिटर लामो हुनेछ र यसले वर्तमान दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा करिब १७ किलोमिटर छोटो दूरी प्रदान गर्नेछ। यस परियोजनाप्रति जिल्लावासी उत्साहित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *