नेपाल विद्युतीय सवारीसाधन (EV) अपनाउने मामिलामा विश्वमै दोस्रो स्थानमा रहेको छ ।
२०२५ मा नेपालमा बिक्री भएका नयाँ कारमध्ये ७३ प्रतिशत विद्युतीय सवारी रहेको तथ्याङ्कले देखाउँछ ।
यसले ईभीलाई दैनिक कारको रूपमा स्वीकारिएको र बजारमा यसको मांग बढिरहेको संकेत गर्छ ।
यसअघि २०१९ मा नेपालमा विद्युतीय गाडीको हिस्सा केवल ८ प्रतिशत थियो ; तर २०२५ मा यो ७३ प्रतिशतसम्म पुगेको छ ।
नर्वे पहिलो स्थानमा छ, जहाँ २०२५ मा नयाँ कार बिक्रीमा ९७ प्रतिशत विद्युतीय रहेको छ ।
डेनमार्क, स्वीडेन, आइसल्यान्ड, फिनल्याण्ड, नेदरल्यान्ड र चीनजस्ता देशहरूमा पनि विद्युतीय कारको हिस्सा धेरै रहेको तथ्यांकले देखाएको छ ।
नेपाल सरकारले इन्धनको सट्टा ईभीलाई प्रोत्साहन, करमा छुट, चार्जिङ पूर्वाधार विस्तार र बैंकहरूसँग सहुलियतपूर्ण ऋणको व्यवस्था जस्ता कार्यक्रममार्फत विद्युतीय सवारीलाई बढावा दिँदै आएको कारण यस्तो उछाल आएको विश्लेषकहरूले बताउँछन् ।