काठमाडाैँ–तराई/मधेश द्रुतमार्ग (फास्ट-ट्र्याक) परियोजनामा खोकना नजिकको विवाद मिल्न नसकेपछि सुरु विन्दु फर्सिडोल राखेर काम अघि बढाउने निर्णय भएको छ।
फास्ट-ट्र्याक निर्माणको लागि खोकनाबासीले जग्गा दिन नमानेपछि निर्माणको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) संशोधन गर्दै डिटेल अनुसार फर्सिडोललाई नयाँ सुरुवात स्थान मान्ने प्रस्ताव सेना तयार गरेको छ।
परियोजनाको हालको समस्या र प्रगति विवरण प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको बैठकमा सुसूचित गरिएको थियो।
बैठकमा सरकारले विवाद समाधान नभए काम ढिला नहोस् भनेर विकल्प खोज्न निर्देशन दिएको र त्यसअनुसार संशोधन प्रस्ताव अघि बढाइएको स्रोतले बताएको छ।
फास्ट-ट्र्याकको लम्बाइ ६७.५ किलोमिटर हुन प्रस्ताव गरिएको छ र डीपीआर तेस्रोपटक संशोधन गर्न लागिएको छ।
खोकना खण्डमा अहिलेसम्म ज्यादै सीमित जग्गा मुआब्जा भइसकेको र आंशिक मात्र काम भएको कारण परियोजनाको प्रगति प्रभावित भएको छ।
अब भने फर्सिडोलको पहुँच सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने र त्यसपछि मुख्य फास्ट-ट्र्याक अभियानलाई तीव्रता दिइने सरकारको योजना रहेको बताइएको छ।