नागढुंगा–मलेखु ११ किमी कालोपत्र

पृथ्वी राजमार्गअन्तर्गत पर्ने नागढुंगा–मलेखु खण्डमा हालसम्म ११ किलोमिटर सडक कालोपत्र भएको छ। यसमध्ये गत वर्ष ८ किलोमिटरयो वर्ष थप ३ किलोमिटर कालोपत्र गरिएको हो।

नागढुंगा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणमा हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। यसअन्तर्गत कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भइसकेका छन्।

हाल धादिङको बाँदरे क्षेत्रमा कालोपत्रको काम जारी छ। साथै फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राख्ने काम भइरहेको छ।

यस सडकखण्डका ६ वटा पुलमध्ये हुग्दी र चरौदी पुलमा माथिल्लो संरचना बनाउने काम भइरहेको छ।

यद्यपि आयोजनाले निर्माण सामग्री अभाव नहोस् भनेर प्रयास गरिरहेको भए पनि, चरौदी, बेनिघाट र इच्छाकामनाबाट सामग्री ल्याइरहेको हुँदा लामो समयसम्म काम गर्न सामग्री अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो ३८ किलोमिटर लामो सडकखण्ड स्तरोन्नति गर्न विश्व बैंकको करिब ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ ऋण सहयोग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *