अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ गते बाइकर्स क्याफेमा सम्पन्न भएको छ।
कार्यक्रममा राइडर, इन्फ्लुएन्सर, सञ्चारकर्मी र विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नयाँ डोमिनार ४०० का अपग्रेड भएका फिचरहरू सार्वजनिक गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘मनाङ एक्सप्लोरर राइड’ पनि प्रिमियर गरिएको थियो, जसले यो बाइकको लामो दूरीमा चल्ने क्षमता र कठिन भूगोलमा प्रदर्शन देखाएको थियो।
अपग्रेडेड डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित ४ राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभर, र हजार्ड लाइट सिस्टम जस्ता आधुनिक फिचरहरू थपिएका छन्।
यसले बाइकको सुरक्षा र राइडिङ अनुभव अझ राम्रो बनाएको कम्पनीले जनाएको छ।
लन्च कार्यक्रम सफल भएको भन्दै कम्पनीले अब ग्राहकले फागुन ४ देखि ८ सम्म हुने टेस्ट राइड मार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने जनाएको छ।