अटोरिक्सा स्वरोजगारको आधार

म्याग्दीको बेनीमा अटोरिक्सा व्यवसाय युवाहरूका लागि आम्दानीको भरपर्दो माध्यम बन्न थालेको छ।

यहाँ करिब ३० वटा अटोरिक्सा सञ्चालनमा छन् र युवा कामदारहरूले यस व्यवसायबाट मासिक रु. ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।

बेनी–२ बगरफाँटका सुमन रिजाल जस्ता युवाले दैनिक रु. २५ सय देखि रु. ३००० सम्म कमाइरहेका छन् र खर्च कटाएर करीब रु. १५ सय बचत गर्न पनि सफल भएको बताइएको छ ।

पहिले विदेश जान सोच्नेहरू अहिले नै आफ्नो ठाउँमा स्वरोजगार बन्न अटोरिक्सा व्यवसाय रोजेको र यसले बेरोजगारीको समस्या केही हदसम्म कम गरेको स्थानीय व्यवसायीहरूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *