पोखराको अटो क्षेत्रमा काम गर्ने व्यवसायीहरू आयकर र भ्याटसम्बन्धी दुईदिने तालिममा सहभागी भएका छन्।
पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेड अन्तर्गतको राजस्व सुधार परियोजनाको सहयोगमा यो तालिम आयोजना गरेको हो।
तालिम सञ्चालन गर्न गण्डकी अटो मेकानिकल वर्कस एसोसिएसनसँग सहकार्य गरिएको थियो।
कार्यक्रममा करिब ५५ जना व्यवसायी सहभागी भए, जसलाई सिए विवेक श्रेष्ठले कर र भ्याटका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अटो क्षेत्र दैनिक जीवनसँग जोडिएको महत्त्वपूर्ण व्यवसाय भएकाले करसम्बन्धी सही जानकारी दिन तालिम आयोजना गरिएको बताए।
साथै, संघले व्यवसायीलाई दण्ड–जरिवानाबाट जोगाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
अटो मेकानिकल वर्कस एसोसिएसनका प्रतिनिधिहरूले राज्यले अटो क्षेत्रलाई अझ व्यवस्थित बनाउन ध्यान दिनुपर्ने र यस्ता तालिमले व्यवसायीलाई समयअनुसार अपडेट राख्न मद्दत गर्ने बताएका छन्।
Post Views: 196