नेपालमा स्यान्ट्रोको २५ वर्ष

ह्युन्डाइ स्यान्ट्रोले नेपालमा साना कारको बजारलाई नयाँ ढंगले चिनाउने भूमिका खेलेको छ।

स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना कार बजारमा जापानी ब्रान्डहरूको दबदबा थियो र भारतमा बनेका कारप्रति विश्वास विस्तारै बढ्दै गएको अवस्था थियो।

सन् १९९९ मा ह्युन्डाइ इन्डियाले आफ्नो पहिलो मोडलको रूपमा स्यान्ट्रो सार्वजनिक गरेको थियो।

व्यवहारिक डिजाइन, आरामदायी यात्रा, र दैनिक प्रयोगका लागि उपयुक्त बनावटका कारण स्यान्ट्रोले छिट्टै ग्राहकको मन जित्यो।

विशेष कुरा के भने, ह्युन्डाइ स्यान्ट्रोको पहिलो निर्यात बजार नेपाल नै बनेको थियो, जुन ह्युन्डाइ र नेपाल दुवैका लागि गर्वको क्षण थियो।

स्यान्ट्रोले नेपाली ग्राहकलाई “सानो कार पनि भरपर्दो, स्टाइलिस, मर्मत–सम्भारमा सजिलो र नेपाली सडक तथा परिवारका लागि उपयुक्त हुन्छ” भन्ने विश्वास दिलायो।

यही कारण स्यान्ट्रो समयसँगै केवल कार मात्र नभई धेरै नेपाली परिवारको भरोसायोग्य साथी बन्यो।

नेपालमा स्यान्ट्रो आएको २५ वर्ष पूरा भएको अवसरमा, ह्युन्डाइ इन्डिया र ह्युन्डाइ नेपालले सन् २००० मोडल वर्षका स्यान्ट्रो मालिकहरूलाई ह्युन्डाइ नेपालसँग सम्पर्क गर्न आग्रह गरेका छन्।

छनोटमा परेका ग्राहकहरूलाई ह्युन्डाइले विशेष ‘सरप्राइज’ कार्यक्रममा सहभागी गराउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *