नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहा नेपालले आफ्नो वार्षिक वैवाहिक सिजन अफर “यामाहा: मायासँग मायाको यात्रा” पुनः सार्वजनिक गरेको छ।
प्रेमबाट सुरु हुने नयाँ जीवनयात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित रहेको छ।
यस अभियानले हरेक अर्थपूर्ण सम्बन्ध सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने यामाहाको मूल विश्वासलाई प्रतिबिम्बित गर्दछ।
विवाह सिजन अफरअन्तर्गत यामाहाले आकर्षक छुटहरू प्रदान गर्दै आएको छ, जसले नयाँ वैवाहिक जीवन सुरु गर्न लागेका जोडीहरूलाई सुरक्षित र भरपर्दो सवारी साधनमा लगानी गर्न सहज बनाउँछ।
ग्राहकहरूले यामाहा नेपालबाट शुभ विवाहको प्रतीकस्वरूप रु. ६,००० सम्मको नगद सगुन प्राप्त गर्न सक्नेछन्।
यस अभियानमार्फत यामाहाले जीवनको यस महत्वपूर्ण मोडमा जोडीहरूको भरोसायोग्य साथीका रूपमा साथ दिने लक्ष्य लिएको छ।
भरपर्दो प्रदर्शन, उत्कृष्ट राइड कम्फर्ट र उन्नत सुरक्षा सुविधासहित यामाहाका सवारी साधनहरूले जोडीहरूलाई आत्मविश्वासका साथ नयाँ यात्रा सुरु गर्न सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ।
यस पहलसँगै यामाहाले केवल सवारी साधन मात्र नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने ब्रान्डका रूपमा आफूलाई पुनः स्थापित गरेको छ।
यामाहा नेपालले वैवाहिक जीवनमा प्रवेश गर्दै गरेका जोडीहरूसँग सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै हरेक यात्रा सुरक्षित, सहज र निश्चिन्त हुने सुनिश्चित गरेको छ।
यामाहा नेपालको बारेमा:
एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल नवीनता, प्रदर्शन र भरोसाको क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ।
जापानी इन्जिनियरिङ, आकर्षक डिजाइन र रोमाञ्चक राइड अनुभवलाई एकसाथ प्रस्तुत गर्दै यामाहाले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराउँदै आएको छ।
देशभर फैलिएको बलियो डिलर नेटवर्कसहित यामाहा नेपाल उन्नत प्रविधि, राइडर सुरक्षा र भरपर्दो आफ्टर–सेल्स सेवामा प्रतिबद्ध रहँदै आएको छ।