सीजी मोटर्स मेगा ईभी कार्निभल

काठमाडौंमा सीजी मोटर्सले ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।

यो कार्यक्रममा ७ वटा अन्तर्राष्ट्रिय विद्युतीय सवारी (इभी) ब्रान्डहरूलाई एकै स्थानमा समेटेर प्रदर्शन, बिक्री र एक्सचेन्ज सुविधा प्रदान गरिएको छ ।

कार्निभल माघ १८ सम्म गैरीधारास्थित एलिस रिसेप्सनमा सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्देश्य ग्राहकलाई वर्षकै ठूलो विद्युतीय सवारी खरिद अवसर दिने रहेको बताइएको छ ।

यस कार्यक्रममा सर्वोच्च १० लाख रुपैयाँसम्म नगद छुट, पुरानो सवारी एक्सचेन्जमा राम्रो मूल्य, बैंकहरूमार्फत सजिलो फाइनान्स, एक वर्षको निःशुल्क बीमा, रोड कर निःशुल्क र निःशुल्क ईभी चार्जर सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कार्निभलमा स्मार्ट, एक्सपेङ, आयन, रिडारा, किङलोङ, डायुन र नेटाजस्ता इभी ब्रान्डहरू प्रदर्शनमा राखिएका छन् ।

पहिलोपटक सीजी मोटर्सले प्रिमियम ब्रान्ड ‘स्मार्ट’ लाई विशेष रूपमा प्रदर्शनीमा समावेश गरेको छ ।

कार्यक्रम प्रतिदिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

यसले ग्राहकलाई टेस्ट ड्राइभ, लक्की ड्र, उपहार र परिवारमैत्री गतिविधिहरू समेत प्रदान गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *