नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्यलाई तत्काल अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
ढकालले धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १० औँ धादिङ महोत्सव उद्घाटन समारोहमा यो कुरा बताएका हुन्।
उनले आयोजना निर्माणमा लगानी गर्न निजी क्षेत्र तयार रहेको र यदि आयोजना अघि बढाइएमा खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायमा पनि सहयोग पुग्ने उल्लेख गरे।
हालसम्म बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा मुआब्जा वितरण बाहेक वास्तविक काम अघि बढ्न नसकेको बताइएको छ।