नेपालका लागि SML Isuzu को आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले धादिङबेसीमा आयोजना गरेको निःशुल्क सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ।
श्रीष्टि मोटर्स प्रा.लिमा माघ ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको तीनदिने क्याम्पमा १७५ भन्दा बढी SML Isuzu सवारी साधनलाई निःशुल्क सर्भिसिङ प्रदान गरिएको थियो।
यस क्याम्पले स्थानीय क्षेत्रमा ब्रान्डप्रति ग्राहकको विश्वास थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
कार्यक्रममा SML महिन्द्रा भारतका सर्भिस इन्जिनियर मनोज सैनी तथा SML Isuzu नेपालका सेल्स तथा अफ्टर–सेल्स हेड संजय खड्काको उपस्थिति रहेको थियो।
अनुभवी प्राविधिक टोलीले सवारी साधनको जाँच, मर्मत तथा परामर्श सेवा प्रदान गरेको थियो।
सर्भिसिङसँगै इन्जिनियर र मेकानिकहरूले ग्राहकलाई सवारी साधनको सही मर्मतसम्भार, महत्वपूर्ण पार्टपुर्जाको हेरचाह र दीर्घकालीन कार्यक्षमता कायम राख्ने उपायबारे जानकारी पनि दिएका थिए।
यस पहलले ग्राहकको व्यवसायिक सञ्चालनमा निरन्तरता ल्याउने, गुणस्तरीय अफ्टर–सेल्स सेवा प्रदान गर्ने र दीर्घकालीन विश्वास निर्माण गर्ने SML Isuzu को प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ।
Post Views: 21