महिन्द्राका नयाँ ई-एसयुभि सार्वजनिक

नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले वीरगञ्ज तथा आसपासका बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक एसयुभि BE 6 र XEV 9e सार्वजनिक गरेको छ।

वीरगञ्जमा आयोजित भव्य कार्यक्रममा यी नयाँ विद्युतीय सवारी साधन औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भुटान र बंगलादेशका कन्ट्री हेड चैतन्य कागलकार, ग्राहक तथा कम्पनी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

BE 6 र XEV 9e महिन्द्राको अत्याधुनिक INGLO प्लेटफर्ममा आधारित छन् र MAIA (माया) इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चरबाट सञ्चालित छन्।

यी गाडीको सार्वजनिकिकरणसँगै नेपालका क्षेत्रीय बजारमा विद्युतीय सवारीको नयाँ चरण सुरु भएको अग्नि ग्रुपले जनाएको छ।

यी दुवै गाडी सन् २०२५ को NAIMA नेपाल मोबिलिटी एक्सपोमा पहिलोपटक सार्वजनिक गरिएका थिए र त्यसयता नेपाली उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

विशेषगरी प्रदर्शन, इन्टेलिजेन्स, डिजाइन र दिगोपनाको संयोजनले यी Born Electric SUV हरूलाई बजारले राम्रोसँग स्वीकार गरेको कम्पनीको भनाइ छ।

हालै XEV 9e ले ICOTY 2026 अन्तर्गत ‘Green Car of the Year’ अवार्ड समेत प्राप्त गरेको छ।

बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको Born Electric लाइनअपलाई देशका विभिन्न क्षेत्रीय सहरहरूमा विस्तार गर्ने योजना बनाएको छ।

हेटौँडा र चितवनपछि वीरगञ्जमा गरिएको सार्वजनिकिकरण यसै योजनाको हिस्सा हो भने आगामी दिनमा भैरहवा, इटहरी लगायतका सहरहरूमा पनि गाडी सार्वजनिक गरिने तयारी छ।

कम्पनीका अनुसार विद्युतीय मोबिलिटी नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदम हो।

BE 6 र XEV 9e ले उच्च प्रविधि, उत्कृष्ट प्रदर्शन र वातावरणमैत्री समाधानमार्फत दीर्घकालीन आर्थिक तथा वातावरणीय लाभ दिन सक्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *