ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत आईपीओ (IPO) मा आवेदन दिन मिल्ने नयाँ सुविधा सुरु गरेको छ ।
यस सुविधाले ग्राहकले अब शाखा नजाने नै मोबाइलबाटै आईपीओ आवेदन भर्न र डिम्याट नम्बर राखेर आवेदन प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था भएको बैंकले जनाएको छ ।
यस एपमार्फत ग्राहकले नयाँ खुल्ने आईपीओहरुको जानकारी पनि हेर्न सक्नेछन् ।
साथै, बैंकिङ एपमा लाइभ सेयर मार्केटको जानकारी, नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिस्ट, स्टक कम्प्यारेजन र ब्रोकर लिस्ट जस्ता सुविधाहरु पनि उपलब्ध गराइनेछ ।
ग्राहकले खरिद किन्दा खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेपछि प्रणालीले मूल्य परिवर्तन, लगानीको वर्तमान मूल्य र नाफा/घाटा रियल-टाइममा हेर्न मिल्ने सुविधा पनि प्रदान गरिनेछ ।
यसरी मोबाइलबाटै IPO भर्न पाउने सुविधा ग्राहकलाई शेयर बजारमा सजिलै भाग लिन सहायता गर्ने बैंकको भनाइ छ ।