महिन्द्रा एन्ड महिन्द्रा तथा नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले ठूलो उपलब्धि हासिल गरेको छ।
अल–इलेक्ट्रिक महिन्द्रा XEV 9e ले भारतको प्रतिष्ठित इन्डिया कार अफ द इयर (ICOTY) २०२६ अन्तर्गत ग्रिन कार अवार्ड २०२६ जितेको छ।
ग्रिन कार अवार्ड वातावरणमैत्री प्रविधि, ऊर्जा दक्षता र शून्य उत्सर्जनमा उत्कृष्ट प्रदर्शन गर्ने सवारीलाई प्रदान गरिन्छ।
यो सम्मानले XEV 9e को इलेक्ट्रिक मोबिलिटीप्रति रहेको प्रतिबद्धता र महिन्द्राको ‘बोर्न इलेक्ट्रिक’ INGLO प्लेटफर्म को सफलतालाई मान्यता दिएको छ।
ICOTY का निर्णायक मण्डलमा भारतका अग्रणी अटोमोबाइल पत्रकारहरू रहेका थिए, जसले प्रविधि, नवप्रवर्तन, मूल्य र वातावरणीय जिम्मेवारीका आधारमा मूल्याङ्कन गरेका थिए।
BMW, BYD, Hyundai, Kia, MG, Tata र Tesla जस्ता ब्रान्डसँग प्रतिस्पर्धा गर्दै XEV 9e ले ग्रिन कार श्रेणीमा उच्च स्कोर हासिल गर्न सफल भयो।
XEV 9e मा विशेष EV प्लेटफर्म, उच्च क्षमताको ब्याट्री, ऊर्जा बचत गर्ने ड्राइभट्रेन, र रिजनरेटिभ ब्रेकिङ प्रणाली प्रयोग गरिएको छ।
साथै, केबिनमा पुनःप्रयोग गरिएका सामग्री प्रयोग गरेर दिगो लक्जरीलाई प्राथमिकता दिइएको छ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यो अवार्डले नेपाली बजारमा XEV 9e को विश्वसनीयता अझ बढाएको बताए।
उनका अनुसार यसले ग्राहकलाई विश्वस्तरीय, अवार्ड–प्राप्त इलेक्ट्रिक SUV रोज्ने आत्मविश्वास दिन्छ।
यस सम्मानसँगै महिन्द्रा XEV 9e ले नेपालमा प्रिमियम, दिगो र अत्याधुनिक इलेक्ट्रिक सवारीको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।