नेपालमा TVS Apache रेसिङ

दुई र तीन पाङ्ग्रे सवारी उत्पादनमा विश्वकै अग्रणी कम्पनी TVS Motor Company ले नेपालमा पहिलो पटक TVS Apache Racing Experience (ARE GP) कार्यक्रम सुरु गरेको छ।

TVS Apache सिरिजले २० वर्ष पूरा गरेको अवसरमा आयोजना गरिएको यो कार्यक्रम नेपाली मोटरस्पोर्ट्स क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

कार्यक्रमको पहिलो छनोट चरण काठमाडौँको साटुंगलस्थित Vehicle Academy and Research Center मा सम्पन्न भयो।

कार्यक्रममा करिब ६० जना राइडर२०० भन्दा बढी दर्शक सहभागी थिए।

ARE GP ले सुरक्षित वातावरणमा पेशागत रेसिङ अनुभव, तालिम र प्रतिस्पर्धाको अवसर प्रदान गरेको छ, जहाँ सहभागीहरूलाई TVS Racing का अनुभवी च्याम्पियनहरूले प्रत्यक्ष प्रशिक्षण दिएका थिए।

नेपालमै तयार गरिएको १० वटा चुनौतीपूर्ण मोड भएको ट्र्याकमा ६० भन्दा बढी राइडरहरूले प्रतिस्पर्धा गरे। राइडरहरूको मूल्यांकन छिटो ल्याप टाइमका आधारमा गरिएको थियो।

प्रतियोगितामा १६०cc र २००cc गरी दुई वर्ग राखिएका थिए।

प्रत्येक वर्गका शीर्ष तीन विजेताले २५ हजार रुपैयाँ नगद र विशेष TVS राइडिङ गियर प्राप्त गरे।

साथै, वर्ग विजेताहरूले भारतको चेन्नईस्थित Madras International Circuit मा हुने ARE GP फाइनलमा भाग लिने अवसर पनि पाए।

छनोट चरणका विजेताहरू अप्रिल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुनेछन्।

२००७ देखि सञ्चालनमा रहेको TVS Racing ARE GP Apache राइडरहरूका लागि सिकाइ, मनोरञ्जन र प्रतिस्पर्धाको प्रमुख प्लेटफर्म बन्दै आएको छ।

सन् २०२५ मा यो च्याम्पियनसिप अन्तर्राष्ट्रिय रूपमा विस्तार भई नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरमा आयोजना गरिएको थियो, जसमा १,००० भन्दा बढी राइडर सहभागी भए।

कार्यक्रमका क्रममा TVS Motor Company का अधिकारीहरूले नेपालको बढ्दो मोटरस्पोर्ट्स रुचि र सम्भावनालाई प्रशंसा गर्दै यसलाई अन्तर्राष्ट्रिय रेसिङका लागि उपयुक्त गन्तव्य भएको बताए।

Jagdamba Motors ले पनि यस्तो कार्यक्रमले नेपाली युवा राइडरलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर दिने विश्वास व्यक्त गरेको छ।

दिनभर चलेको कार्यक्रममा स्टन्ट शो, जिमखाना सेसन, व्हिली र्याम्प र मनोरञ्जनात्मक संगीत प्रस्तुतिहरू समावेश थिए।

चार दशकभन्दा बढीको रेसिङ अनुभव बोकेको TVS Racing ले हालसम्म ३,००० भन्दा बढी राइडरलाई प्रशिक्षण दिइसकेको छ।

Track to Road” अवधारणाबाट विकसित TVS Apache सिरिजले विश्वभर ६.५ मिलियनभन्दा बढी ग्राहकको विश्वास जितिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *