रेनो र निसानले आगामी ६ महिनाभित्र भारतीय बजारमा ३ वटा नयाँ गाडीहरू सार्वजनिक गर्ने घोषणा गरेका छन्।
लामो समयको पर्खाइपछि यी दुई कम्पनीले नयाँ मोडलहरू ल्याउन लागेका हुन्।
निसानको नयाँ MPV: निसानले डिसेम्बर १८ मा नयाँ सब-४ मिटर एमपिभी (MPV) सार्वजनिक गर्दैछ। यो रेनो ट्राइबरमा आधारित हुनेछ र यसको मूल्य करिब ६ लाख भारु बाट सुरु हुने अनुमान छ।
नयाँ रेनो डस्टर:जनवरी २६ मा रेनोले तेस्रो पुस्ताको ‘डस्टर’ (Duster) सार्वजनिक गर्नेछ। यो गाडी निकै आधुनिक डिजाइन र प्रिमियम फिचर्सका साथ फेब्रुअरीदेखि बिक्रीमा आउनेछ।
निसान टेक्टन (Tekton): निसानले डस्टरकै प्लेटफर्ममा आधारित आफ्नो नयाँ एसयुभी ‘टेक्टन’ जुन महिनामा सार्वजनिक गर्नेछ। यसको लुक्स निसानको चर्चित ‘पेट्रोल’ (Patrol) गाडीबाट प्रेरित हुनेछ।
यी नयाँ गाडीहरूको आगमनसँगै रेनो र निसानले एसयुभी र पारिवारिक गाडीको बजारमा आफ्नो पकड पुनः बलियो बनाउने अपेक्षा गरेका छन्।