पोखरामा प्रोटोन ईमास एक्सचेन्ज अफर

जगदम्बा मोटर्सको इलेक्ट्रिक सवारी ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्न लागेको छ।

यो कार्यक्रम सिटी स्क्वायर, न्यूरोडमा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३, २४, २०२५) सञ्चालन हुने छ।

कार्यक्रममा ग्राहकहरूले आफ्नो विद्यमान सवारी एक्सचेन्ज गरी प्रोटोन ईमासका विशेषता, सेवा सुविधा र अफरबारे जानकारी पाउनेछन्।

प्रोटोन ईमास ७ को मूल्य रु. ४६ लाख ९९ हजारबाट सुरु हुनेछ।

यो EV मा १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउन्ड क्लियरन्स, एनइडिसी रेंज ४९२–५८५ किमी, उन्नत सुरक्षा र प्रिमियम डिजाइन सुविधाहरू समावेश छन्। यस EVको लम्बाइ ४६१५ मिमी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *