महाकाली आयोजनाको स्थलगत निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनामहाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकले आयोजनाको हालको प्रगतिबारे जानकारी गराएका थिए।

लामो समयदेखि प्रक्रियागत झन्झटका कारण सिँचाइ र पुलसम्बन्धी काम प्रभावित भएको बताइएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत २८ किलोमिटर मूल नहर निर्माण भइसकेको र करिब ५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले पानी नछोड्दा किसानले अझै सिँचाइ सुविधा पाउन सकेका छैनन्।

मन्त्री घिसिङले नहरमा पानी सञ्चालनका लागि भारतसँग माथिल्लो तहबाट पहल भइरहेको जानकारी दिँदै समस्या समाधानमा सरकार गम्भीर रहेको बताए।

त्यसैगरी, भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा बनेको चार लेन पुल आसपास निर्माण हुने कृतिम ताल र तटबन्ध मन्त्रिपरिषद्को निर्णय नआएकाले डेढ वर्षदेखि काम रोकिएको छ।

यसअघि बनेको तटबन्ध बाढीले भत्काएपछि नयाँ डिजाइन तयार गरिएको भए पनि स्वीकृति नपाउँदा निर्माण अघि बढ्न सकेको छैन।

मन्त्रीले तटबन्ध नबन्दा बाढीको जोखिम रहेको उल्लेख गर्दै बर्सात अघि नै समस्या समाधान गरी काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *