बिक्रीको हिसाबले विश्वकै दोस्रो नम्बरमा परेको जिली ब्रान्ड धेरैवटा कोणबाट विश्वकै टप इभी ब्रान्ड हो ।
नेपालमा भदौ महिनादेखि यो ब्रान्ड एलआरआर मोटर्सले ल्याएको छ । यो ग्रुप अफ कम्पनी नेपालमा विभिन्न सेक्टरमा लगानी गरेको भरपर्दो कम्पनी हो ।
यो ग्रुप अफ कम्पनीले एजुकेसन, फर्मास्युटिकल्स, इन्भेस्मेन्ट कम्पनीलगायतका क्षेत्रमा लगानी गरेको छ । यही ब्रान्डमा पनि यसको लगानी हेर्दा यो लामो समयसम्म चल्ने कम्पनीको रुपमा देखिएको छ ।
जिली ब्रान्डले नेपालमा पनि छोटो समयमा राम्रो रेकर्ड बनाएको छ । प्रस्तुत छ, यो ब्रान्डको विषयमा यसका बिजनेस हेडस“ग भएको कुराकानी:
जिली इभी कस्तो ब्रान्डको गाडी हो ?
जिली विश्वकै टप ब्रान्डमध्येको एक हो । २०२५ को अगस्टसम्मको रिपोर्ट हेर्दा यो इभी बिक्रीको हिसाबले विश्वकै दोस्रो नम्बरमा परेको छ । यो चाइनाको जिली होल्डिङ ग्रुपले उत्पादन गरेको चारपाङ्ग्रे इभी हो । यो गु्रपले भोल्भो, जिकर, स्मार्ट, पोलस्टारलगायतका धेरै अन्तराष्ट्रिय ब्रान्डहरु पनि उत्पादन गरेको छ ।
त्यसैले पनि यो उच्च गुणस्तरीय उत्पादन हो । नेपालमा यसलाई एलआरआर मोटर्सले आयात गरेको छ । यो गाडी नाडा अटो शोदेखि नेपालमा आएको हो ।
नाडामा यो गाडीको बुकिङ कस्तो भयो ?
नाडाको सुरुकै दिनमा हामीले गाडी लन्च ग¥यांै र तत्काल बुकिङ सुरु ग¥यौं । त्यहा“ १७८ पिस गाडी बुकिङ भयो । यसका दुईवटा भेरियन्ट हामीले बजारमा ल्यायौं । जिली ग्यालेक्सी इएक्स ५ म्याक्स ६८ लाखमा बजारमा ल्यायौं भने जिली ग्यालेक्सी इएक्स ५ प्रो ५८ लाखमा बजारमा ल्यायौं ।
बुकिङपछि भएको आन्दोलनले बुकिङको डेलिभरीमा कस्तो खालको असर प¥यो ?
नाडालगत्तैदेखि हामीले गाडी डेलिभरि सुरु ग¥यौं र अहिले पनि डेलिभरी गरिरहेका छौं । आन्दोलनका कारण केही प्रभाव पारे पनि बजार अहिले लयमा फर्किएको छ ।
अहिले यो गाडीको बिक्री उपत्यकामा मात्रै भएको छ कि ?
अहिलेसम्म बुटवल र बिराटनगरमा डिलर सञ्चालनमा आएको छ । त्यह“ाबाट गाडी बिक्री भइरहेको छ ।
त्योबाहेक अन्य मुख्य सहरहरु बिर्तामोड, जनकपुर, वीरगन्ज, नारायणगढ, नेपालगन्ज, धनगढी र पोखरामा अहिले डिलर स्थापना गर्ने काम भइरहेको छ । तीन महिनाभित्रमा यी सबै डिलर स्थापना हुन्छन् ।