केवाइसी गाडी विवाद टुंगियो

उच्च अदालत पाटनले केवाइसी (KYC) इ–भ्यान आयात तथा वितरण सम्बन्धी चलिरहेको विवादको फैसला गर्दै CG Motors का विनोद चौधरी समूहले दायर गरेका दुवै रिट खारेज गरेको छ।

अदालतको निर्णयसँगै हेमन्त अग्रवाल समूहले केवाइसी ब्रान्डका गाडी आयात र बिक्री–वितरण गर्न पाउने अधिकार कायम भएको छ।

लामो समयदेखि कानुनी विवादका कारण रोकिएको केवाइसी गाडीको आयात प्रक्रिया अब पुनः अघि बढ्ने भएको छ।

अदालतको आदेशले व्यवसायिक गतिविधि स्पष्ट बनाएपछि बजारमा गाडी भित्र्याउने तयारी तीव्र हुने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *