एकान्तकुना सडक ६० दिन बन्द

जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्गको एकान्तकुना क्षेत्रमा सडक विस्तार र कटिङको काम भइरहेकाले ६० दिनसम्म सवारी चल्न नपाइने जानकारी दिएको छ।

प्रशासनका अनुसार मंसिर २० देखि आगामी ६० दिन दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ।

आवश्यक प्राविधिक काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न अस्थायी रूपमा बाटो बन्द गरिनु परेको प्रशासनले बताएको छ।

यस समयावधिमा कान्ति राजमार्ग प्रयोग गर्ने सबै सवारी र यात्रुले वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *