इ-स्कूटर व्यापारः प्रतिस्पर्धामा पुरानाे माेडेललाई निरन्तरता

प्रशान्त सागर (गो ग्रीन ई–बाइक सर्भिस) अटो क्षेत्रमा २०–२२ वर्षदेखि काम गर्दै आउँदै हुनुहुन्छ र हाल ईभी (EV) विद्युतीय स्कुटरमा संलग्न हुनुहुन्छ।

उहाँले सुरुमा दुई पाङ्रे पेट्रोल सवारी साधनको काम गर्दै आठ वर्षअगाडि आफ्नै अटाे व्यवसायकाे सञ्चालन गर्नुभएकाे हाे ।

उहाँ यही क्षेत्रलाई निरन्तर रूपमा समेटिरहनुभएकाे छ । उहाँसँग गरिएकाे छोटो कुराकानी:

१. सुरुमा मानिसलाई यसबारे जानकारी पनि थिएन । कसरी बिक्रीवितरण गर्नुहुन्थ्यो ?

इलेक्ट्रिक स्कुटर १७/१८ वर्षदेखि आइराखेकाे थियाे । मानिसले छोटो समयलाई प्रयोग गरेर, आएको समयमा १/२ घण्टा चार्ज गरेर भए पनि चलाएर छोटो बाटो हिँड्ने गरेका थिए ।

त्यस समयका मुख्य ग्राहक भनेका एज्डहरु हुन्थे । लाइसेन्स पनि नचाहिने हुनाले, सहज हुने भएकाले बुढापाकाहरू हुन्थे । तर आजसम्म आइपुग्दा युवापुस्ताले पनि राम्रो मानिरहेकाले यसको व्यापार बढ्दै गएको छ ।

२. यसमा नाफा (Profit) / मासिक आय (Monthly Income) के कस्तो भइरहेको छ ?

यति नै छ भनेर यकिन गरेर भन्न सकिने अवस्था छैन । कहिले बढी/कहिले घटि त भइनै हाल्छ । व्यापारमा यस्तो हुनु स्वाभाविक नै हो ।

३. चितवनमा अहिले हजुरको कतिवटा शोरूम छ ?

अहिले उहाँको चितवनमा ५/६ ठाउँमा ईभी (EV) इलेक्ट्रिक स्कुटरको शोरूम रहेको छ । उहाँले एउटा चलाउनुहुन्छ भने अरू (बाँकी) मिलेर चलाइरहनुभएको छ । टाँडी, पर्सा, कावासोती लगायतका अन्य स्थानमा रहेको छ ।

४. अहिले प्रतिस्पर्धा कतिको भएको छ ?

अहिलेको समयमा प्रतिस्पर्धा एकदम भएको छ । अरूहरूले नयाँ मोडललाई बढी फोकस गरे पनि उहाँले चाहिँ पुरानै मोडललाई निरन्तरता दिएर त्यसलाई नै माथि लैजानेतिर ध्यान दिइराख्नुभएको छ, जसका पाटपुर्जाहरू सजिलै बजारमा उपलब्ध भई पाउन सकियोस् ।

५. ईभी (EV) इलेक्ट्रिक स्कुटरमा गुनासो आएको छ कि नाइँ ?

प्राविधिक (Technically) रूपमा १०० मा २/३ प्रतिशत गुनासो आउनु स्वाभाविक नै हो । तर अहिले सम्म त्यस्ता खालका गुनासो आएको रेकर्ड भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *