सर्वप्रथम म, वि. सं. २०५८ सालदेखि ट्याक्टरहरू बिक्री वितरणकाे काम गर्दै अाएकाे छु । त्यस समयमा किसानले महँगो दाममा ट्याक्टर खरिद – बिक्री वितरण गर्ने गरेकाे पाइएकाे थियाे ।
त्यसकाे मर्मत संम्भार र रेखदेख राम्राे तरिकाले नगर्ने र नगराउनेदेखि ट्याक्टर बिक्रेताहरू पनि बिक्री वितरणसम्म राम्राे जिम्मेवार नरहने देखिएकाे थियाे । त्यसपछिकाे सेवामा ध्यान नदिने, बजारमा राम्राे सेवा सुविधा भएकाे वर्कशप नहुने भएकाे हुँदा महँगाे रकम खर्च गरेर किनेकाे ट्याक्टर नचल्नुका साथै किसान र ट्याक्टर धनीहरूले दु:ख पाउने गरेका छन् । समाधानका लागि सबै ब्रान्डका ट्याक्टर किन्न एउटै छानामुनि सक्कली पाठपुर्जा निर्माण गर्ने र भाग सुरू गर्ने उद्देश्यका साथ भैरहवामा स्थापना गरिएकाे हाे ।
ट्याक्टर हस्पिटलका सेवा सुविधाहरू के – के छन् ?
हामीले छिटाे र छरिताे काम गर्नका लागि अावश्यक उपकरणहरू पनि जडान गरेर कामकाे थालनी गरेका छाै । अहिले मर्मतमा अाएका ट्याक्टरलाई सेवा सित्तैमा दिने निर्णय गरिएकाे छ । घरबाट पनि फाेन गरेर सेवा लिने व्यवस्था गरिएकाे छ ।
कस्ता – कस्ता ब्रान्डका ट्याक्टरहरू पर्छन ?
यसमा सबै ब्रान्डको ट्याक्टर २ सेट खन्ने उपकरणहरू पर्दछन् । जस्तै – Powertrac, Farmtrac, New Holland, जस्ता ब्रान्डका ट्याक्टरहरू पर्दछन् ।
ट्याक्टर हस्पिटलमा कति रकम लगानी गर्नुभएकाे छ ?
अहिलेसम्म करिब ८५ लाख लगानी गरिसकिएकाे छ । अब बिस्तारै – बिस्तारै लगानी बढाउदै जाने याेजनामा रहेका छाै ।
अाधुनिक मेसिन, उपकरण मार्फत मर्मत गरिएकाे सामान कति समयसम्म टिकाउ हुन्छ ?
यसरी ट्याक्टर हस्पिटलमा मर्मत संम्भार गरिसकेपछि बिग्रने कम हुनेछ, लामाे समयसम्म चल्ने गरेकाे छ ।
भविष्यमा याेजना के – के छ ?
भविष्यको याेजना भनेकाे नयाँ ब्रान्डको ट्याक्टरहरू खरिदका लागि विभिन्न स्थानमा नयाँ शाेरूमहरू खाेलिने छ । सुविधासम्पन्न विभिन्न ब्रान्डको ट्याक्टर एउटै छानामुनि देख्न पाइनुका साथै निर्माण गरिने साेचमा छाै ।
हजुरहरूकाे अन्य ठाउँमा पनि यस्ता अस्पताल छन् भनेकाे सुनेकाे छु, खासमा के हाे ?
अहिलेलाई रूपन्देहीकाे पदसरि, कपिलबस्तुकाे चन्दाैरा र जनकपुरबाट सुरू गरिएकाे छ ।