विजयपुर सडक १० दिन बन्द

मुग्लिन–पोखरा राजमार्ग सुधार अन्तर्गत पश्चिम खण्डको विजयपुर क्षेत्रमा स्तरोन्नती कामका कारण १० दिनसम्म दैनिक चार घण्टा सडक पूर्ण वा आंशिक बन्द हुनेछ।

पोखरा–२६ विजयपुरस्थित दुई लेनको पुलमा गर्डर राख्ने कामका लागि मंगलबारदेखि २ मंसिरदेखि ११ मंसिरसम्म बिहान ६–८ बजे र दिउँसो १२–२ बजे सडक अवरुद्ध गरिनेछ।

यो समयमा पोखरा–विजयपुर–तालचोक जाने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आयोजकले अनुरोध गरेका छन्।

दुईपांग्रे र साना सवारीसाधनले अर्घौचोक वा बुढीबजार चोक हुँदै बेलचौतारा मार्ग, ठूला सवारीसाधनले पावरहाउस चोक–बौमारा–बिरौटा मार्ग प्रयोग गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *