अबदेखि नेपाल वायुसेवा निगमका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइभर्ट हुनुपरे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएका छन् ।
३ मंसिरदेखि लागू हुने यो निर्णयमा जहाजले वैकल्पिक विमानस्थलको रूपमा भैरहवा प्रयोग गर्नेछ।
पहिल्यै जहाज डाइभर्ट हुँदा भारतको विमानस्थलमा जाने गरेको थियो, जसका कारण निगम आलोचित भइ आएको थियो।
अब भैरहवा प्रयोग गर्दा खर्च र समय दुवै बचत हुने विश्वास निगमको छ।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थल बनाउन आवश्यक अध्ययन सुरु गरिएको छ।