अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव बुढानीलकण्ठ, काठमाडौंमा विशेष समारोहका साथ मनाएको छ।
कार्यक्रममा फाउण्डेशनले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ।
अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले तीन दशकभन्दा बढीको संस्थागत यात्रामा समुदाय, साझेदार र स्टेकहोल्डरसँगको सहयात्रालाई महत्वपूर्ण ठहराउँदै बाल स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोगलाई अर्थपूर्ण कदम भनेकी छन्।
KIOCH का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले यी इलेक्ट्रिक वाहन विद्यालय स्वास्थ्य, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण र बालरोग पहिचानजस्ता कार्यक्रममा उपयोगी हुने बताए।
अग्नि ग्रुपले “Creating Value” भन्ने मूल मान्यताअनुसार व्यवसायसँगै समुदायको विकासलाई प्राथमिकता दिँदै आएको छ।
वातावरणमैत्री महिन्द्रा एसयूभी४०० ले KIOCH का स्वास्थ्य र शिक्षा–केन्द्रित कार्यक्रमहरूको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने फाउण्डेशनले जनाएको छ।
फाउण्डेशनले यसअघि त्रिवि शिक्षण अस्पतालमा पिआईसियु, एनआईसियुको स्तरोन्नति र अभिभावकहरूको प्रतीक्षालय ‘अग्नि विङ’ स्थापना गरेको छ।
KIOCH १८ वर्षसम्मका बालबालिकालाई गुणस्तरीय, किफायती र समग्र स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राख्छ।
अग्नि फाउण्डेशनको सहयोगले समुदायप्रति उत्तरदायी र दिगो संस्थागत भूमिका प्रदर्शन भएको फाउण्डेशनले जनाएको छ।