बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुर बेलवाडीमा सोमबार दिउँसो २:४० बजे मोटरसाइकल र इट्टा लोड ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
निजगढ–९ का ३६ वर्षीय मिलन मैनाली गम्भीर घाइते भएर प्रादेशिक अस्पताल कलैयामा मृत्यु भए।
मोटरसाइकलमा सवार २७ वर्षीय रबिन भट्टराई दाहिने खुट्टामा चोट लागेका छन्।
ट्र्याक्टर चालक ३३ वर्षीय सर्फुदिन देवान फरार रहेका छन् र उनको खोजतलास जारी छ।
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन नियन्त्रणमा राखेको छ।