उदयपुरमा ट्याक्टर दुर्घटना

उदयपुरको कटारी नगरपालिका–५ खाँडीखोपमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

घटना सोमबार साँझ खेत जोत्ने मेसिन जडान गरी काम गर्ने क्रममा भयो।

ट्याक्टर पल्टिँदा चालक ४४ वर्षीय भक्तबहादुर जोशी घटनास्थलमै मृत्यु भए।

प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *